अब एटीएमबाट दाल, चामल, भारतमा ९ ठाउँमा खुल्यो ‘अनाज एटीएम’



एजेन्सी,चैत ४ । भारतको  केन्द्र सरकारले १२ लाख रुपैयाँमा गहुँ र चामल निस्किने ‘ग्रेन एटीएम’ शुरु गर्ने भएको छ । 

सरकारले देशका गरिब वर्गहरूलाई हरेक महीना नि:शुल्क खाद्यान्न उपलब्ध गराउने उदेश्यले ‘प्रधानमन्त्री गरिब कल्याण अन्न योजना’ कार्यक्रमअन्तर्गत यो एटीएम ल्याएको हो । 

यस योजना अन्तर्गत प्रत्येक राज्यका गरिब व्यक्तिहरूलाई मासिक ५ किलो खाद्यान्न दिइने जनाइएको छ । कोटा प्रणाली मार्फत जनतालाई खाद्यान्न उपलब्ध गराइनेछ । खाद्यान्न वितरणमा कमी आउन नदिन ‘अनाज एटीएम’ सञ्चालनमा ल्याइएको हो ।

खाद्यान्न वितरणमा कमी आएको र लाभग्राहीलाई असर परेको गुनासो रोक्न सरकारले ‘ग्रेन एटीएम’ ल्याएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

यो योजना भारतभर लागू भैरहेको छ भने ८० करोड भन्दा बढी मानिसहरूले यसबाट लाभ लिइरहेको भारतीय सञ्चार माध्यामले जनाएका छन् । योजना अन्तर्गत ‘रासन कार्ड’मा प्रति युनिट ५ किलो गहुँ र चामल दिइन्छ । 

तराजुको सट्टा अनाजको एटीएमबाट तौलिएपछि रासन निस्कन्छ । उत्तर प्रदेशको लखनउमा पहिलो पटक ‘ग्रेन एटीएम’ शुरू भएको थियो । देशभर अहिले ९ ओटा ग्रेन एटीएम सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्