राप्रपा संसदीय दलको उपनेतामा तामाङ



काठमाडौं,चैत ४ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ । शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । 

बैठकले पार्टीको संसदीय दलको विधान पनि टुङ्गो लगाएको छ । सरकारले कृषि मलमा कटौती गरेको अनुदानविरुद्धमा बैठकले सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बैठकले संसदीय दलको विधान पारित गरेको र विधानअनुसार संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई मनोनयन गरेको बताए । 

अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा फरक मत राख्ने बताए ।

प्रतिक्रिया दिनुहोस्