प्रधानमन्त्री प्रचण्डलाई १० दलले विश्वासको मत दिने



काठमाडौँ, चैत ४ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेको छ।

शनिबार बालुवाटारमा बसेको बैठकले सोमबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने सहमति बनेको प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन्।

यस्तै आइतबार सं‌सदमा प्रस्तुत गर्ने विधेयकमा पनि एकमतका साथ प्रस्तुत हुने सहमति बनेको उनले बताएकी छन्। ‘बैठकमा भोलि संसदमा प्रस्तुत गर्ने विधेयक र पर्सी सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन‍्।

प्रतिक्रिया दिनुहोस्