४ वर्षअघि ‘मोदी’बारेको टिप्पणीले राहुल गान्धीलाई भारी, अदालतले सुनायो २ वर्षको जेल सजाय



एजेन्सी,चैत १० । भारतको एक अदालतले कांग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको छ । गुजरातको सुरत अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानीसम्बन्धी मुद्दामा गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको हो । 

अदालतले गान्धीलाई यो सजायविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न एक महिनाको समय दिंदै उनलाई १० हजार रुपैयाँ धरौटीमा रिहा हुने आदेश पनि दिएको छ ।  

सन् २०१९ को लोकसभा चुनावका क्रममा कर्नाटकको एउटा कार्यक्रममा गान्धीले मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर अदालतमा मुद्दा परेको थियो ।

‘सबै चोरहरू, चाहे ऊ निरभ मोदी होस्, ललित मोदी होस वा नरेन्द्र मोदी हो, सबैको थर किन मोदी भयो ?’ उनले त्यतिबेला प्रश्न गरेका थिए ।

सुरतको अदालतमा सुनुवाईका बेला गान्धी आफै उपस्थित थिए । भारतीय सञ्चार माध्यमका अनुसार उनले आफ्नो भनाइबाट कुनै पनि समुदायलाई चोट पुर्‍याउन नचाहेको दाबी गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्