नेपालमा १८ लाख बढी घर परिवारले चढ्छन् बाइक र स्कुटर, कार चलाउनेको संख्या २ लाख बढी



काठमाडौं,चैत १० । नेपालमा १८ लाख बढी घरपरिवारले मोटरसाइक तथा स्कुटर प्रयोग गर्ने भेटिएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रि«य जनगणना २०७८ को प्रतिवेदनले यस्तो देखाएको हो ।

तथ्याङ्कअनुसार नेपालमा १८ लाख १६ हजार १२१ घरपरिवारले मोटरसाइकल तथा स्कुटर चलाउने गरेका छन् । विभागका अनुसार घरायसी साधानको रुपमा मोटरसाइक तथा स्कुटर प्रयोग गर्नेको संख्या भने २७.३ प्रतिशत रहेको छ । यसमध्ये मोटरसाइक तथा स्कुटरको प्रयोगकर्ताअनुसार सबैभन्दा धेरै हिस्सा बागमति प्रदेशकै छ । सो प्रदेशमा मोटरसाइकल तथा स्कुटर प्रयोग गर्ने घरपरिवारको संख्या ३५.८ प्रतिशत रहेको छ ।

यस्तै, दोस्रो स्थानमा रहेको मधेश प्रदेशमा ३४.१ प्रतिशत, लुम्बिनीमा २५.५ प्रतिशत, कोशी प्रदेशमा २४.८ प्रतिशत, गण्डकीमा २४.२ प्रतिशत, सुदुरपश्चिममा १५.६ र कर्णाली प्रदेशमा ६.७ प्रतिशत रहेको छ ।

२ लाख बढी घरपरिवार चढ्छन् कार

विभागका अनुसार २ लाखभन्दा बढी घर परिवारले कार, जीप र भ्यान चलाउने देखिएको छ । तथ्याङ्क अनुसार २ लाख ४ हजार ९९० घर परिवारले कार, जीप र भ्यान चलाउने गरेका छन् ।

प्रदेशगत विवरण अनुसार भने सबैभन्दा धेरै कार, जीप र भ्यान बागमती प्रदेशमा देखिएको छ । सो प्रदेशमा ६.४ प्रतिशत घर परिवारले सो सवारी साधान प्रयोग गर्ने गरेका हुन् । यस्तै, गण्डकी प्रदेशमा ३.६ प्रतिशत, लुम्बिनीमा २.५ प्रतिशत, कोशीमा २.२, मधेशमा १.४, सुदुरपश्चिमा १.१ र कर्णाली प्रदेशमा ०.८ प्रतिशतले कार, जीप र भ्यान प्रयोग गर्दछन् ।

साइकल चढ्ने घरपरिवारको संख्या साढे २३ लाख

नेपालमा साढे २३ लाख घर परिवारले साइकल चढ्ने गरेका छन् । विभागको तथ्याङ्क अनुसार २३ लाख ४७ हजार ४३३ घर परिवारले साइकल चलाउने गरेको देखिएको हो । जुन घरायसी साधान प्रयोग गर्ने कुल संख्याको ३५.२ प्रतिशत हो ।

साइकल चढ्ने घर परिवारको प्रदेशगत तथ्याङ्क अनुसार मधे प्रदेशामा धेरै देखिएको छ । सो प्रदेशमा ६७.४ प्रतिशत घर परिवारले साइकल चलाउने गरेका छन् । दोस्रो स्थानमा रहेको लुम्बिनी प्रदेशमा भने ४६.१ प्रतिशत देखिएको छ ।

यस्तै, कोशी प्रदेशमा ४०.८ प्रतिशत, सुदुरपश्चिमा ३७.६ प्रतिशत, बागमतीमा १५.५ प्रतिशत, गण्डकीमा १३.६ प्रतिशत र कर्णालीमा १.८ प्रतिशतले घर परिवारले साइकल प्रयोग गर्ने गरेका छन् ।

विभागले जनगणनामा देशका हरेक परिवारमा भएका साधन तथा सेवा सुविधाहरुका विवरण संकलन गरेको थियो । विवरण संकलन गर्न रेडियो सुविधा, टेलिभिजन, ल्याण्डलाइन टेलिफोन, मोबाइल फोन (साधारण), स्मार्ट मोबाइल फोन, कम्प्युटर/ ल्यापटप,इन्टरनेट सुविधा, कार/जीप/भ्यान, मोटरसाइकल÷स्कुटर, साइकल, विद्युतीय पंखा, रेफ्रिजरेटर, वासिब मेशिन, एयर कन्डिसनर लगायत १४ वटा छनोट विकल्पहरु सहितको प्रश्न सोधिएको विभागले जनाएको छ ।

यस्ता खालका घरायसी साधान/सुविधा प्रयोग गर्नेमा कुल ६६ लाख ६० हजार ८४१ घरपरिवार समावेश भएका छन्। प्राप्त नतिजाअनुसार ९६.१ प्रतिशत परिवारमा कम्तिमा एक किसिमको साधन/सुविधा उपलब्ध भएको पाइएको विभागले जनाएको छ । तर, ३.९ प्रतिशत परिवारहरुमा यस्ता किसिमका कुनै पनि साधनसुविधाहरु उपलव्ध नभएको देखिएको छ ।

साधारण मोबाइल फोन हुने र स्र्माट मोबाइल फोन हुने परिवारको संख्या क्रमशः ७३.२ प्रतिशत र ७३ प्रतिशत देखिएको छ । यस्तै, ४९.४ प्रतिशतमा टेलिभिजन, ३७.८ प्रतिशतमा इन्टरनेट सुविधा, ३५.२ प्रतिशतमा साइकल उपलव्ध रहेको देखिन्छ ।

यसैगरी नगरपालिका क्षेत्रमा कुनै पनि साधारण सुविधा उपलव्ध नभएको परिवार केवल २.८ प्रतिशत रहेको देखिन्छ भने गाउँपालिका क्षेत्रमा कुनै पनि साधारण सुविधा उपलव्ध नभएको परिवार ६.० प्रतिशत रहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्