पूर्वप्रधानन्यायाधीशसहित कैलास सिरोहिया र रामेश्वर थापा मुछिएको भ्रष्टाचारबारेको ‘सिधाकुरा’को समाचार के हो?



काठमाडौं,बैशाख १५ । सर्वाेच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरू, कान्तिपुर पब्लिकेसन प्रालिका अध्यक्ष कैलाश सिरोहिया र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापा मुछिएको भ्रष्टाचारबारेको समाचार हटाउन प्रेस काउन्सिल नेपालले ‘सिधाकुराडटकम’का सम्पादकलाई निर्देशन दिएको छ । 

उक्त समाचारमा उल्लेखित व्यक्तिहरूको चरित्रहत्या, मानमर्दन हुनेगरी एकपक्षीयरूपमा सम्प्रेषण गरिएको भन्दै प्रेस काउन्सिलले शुक्रवार (आज) सिधाकुराडटकमका सम्पादकलाई पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो । साथै उक्त सामग्री सम्प्रेषण भएको कारणसमेत खुलाउन माग गरिएको छ । 

सिधाकुराडटकममा आज बिहान ‘EXCLUSIVE : ४ सय बढी भ्रष्टाचारका मुद्दा ढिसमिस गराउन सर्वोच्चका न्यायाधीश सहभागी बैठकको ‘स्टीङ अपरेशन’, कैलाश सिरोहिया र क्याप्टेन रामेश्वर थापा पनि जोडिए’ प्रकाशित भएको थियो ।

उक्त समाचार प्रकाशन भएपछि अन्नपूर्णका अध्यक्ष थापाले प्रेस काउन्सिलमा उजुरी दिएका थिए । त्यसपछि प्रेस काउन्सिलले घटनाबारे अनुगमन गरेको ‘सिधाकुरा’का सम्पादकलाई पठाएको पत्रमा उल्लेख गरेको छ । 

‘तथ्यगत आधार प्रमाणबिनै व्यक्ति र सम्मानित संस्थाको मर्यादा, प्रतिष्ठामा आँच आउनेगरी समाचार सामग्री प्रसारण गर्नु आचारसंहिताको गम्भीर उल्लंघन र प्रेस स्वतन्त्रताको चरम दुरुपयोग हुने भएकाले उक्त अडियोसहित सम्प्रेषित सामग्री हटाई २४ घन्टाभित्र काउन्सिललाई जानकारी गराउन निर्णाणानुसार सूचित गरिन्छ । साथै यस किसिमकामे भ्रामक सामग्री के÷कसरी सम्प्रेषण हुन गएको हो ? सोको जवाफ पेस गर्नसमेत निर्णायानुसार सूचित गरिन्छ,’ प्रेस काउन्सिलले सिधाकुराका सम्पादकलाई लेखेको पत्रमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस्