टोखामा कवि गोष्ठी तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न



काठमाडौं,चैत ११ । टोखामा कवि गोष्ठी तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार टोखा नगरपालिका वडा नम्बर ९ को प्रायोजन तथा सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

टोखा श्रष्टा सम्मान-२०७९ तथा विशेष कवि गोष्ठी टोखा नगरपालिका वडा नम्बर ९ को सभाहलमा सम्पन्न भएको थियोे । कार्यक्रम टोखा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रामभक्त घिमिरेको सभापतित्व, प्रज्ञा प्रतिष्ठानका पुर्ब सचिब प्राज्ञ जगतप्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा भएको थियोे ।

कार्यक्रममा टोखा नगरका नगर प्रमुख प्रकाश अधिकारी, डा. शैलेन्दुप्रकाश नेपाल लगायतको विशेष उपस्थिति रहेको थियोे । कार्यक्रममा टोखा नगर भित्रका १० जना र टोखा नगरपालिका बाहिरका १० जना श्रष्टाहरूलाई टीकामाला,प्रमाणपत्र,दोसल्ला ओढाई नगद सहित सम्मान पत्रसहित सम्मान गरिएको थियोे ।

कार्यक्रममा ४४ जना श्रष्टाहरूद्वारा आ-आफ्ना कविता वाचन गरिएको कवि एचके धितालले बताए ।

प्रतिक्रिया दिनुहोस्