सरकारको गलत नीतिले हामीसबै व्यवसायीलाई पिडित बनायो: वरिष्ठ उपाध्यक्ष प्रत्यासी अन्जन श्रेष्ठ



काठमाडौं,चैत १२ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जन श्रेष्ठले “सरकारको गलत नीतिले अहिले अर्थतन्त्रमा समस्या निम्त्याएको र यसले हामी सबैलाई पिडित बनाएको बताएका छन् ।

आइतवार धनगढीमा आयोजित लथालिङ्ग अर्थतन्त्र कसले गर्ने हो व्यवस्थापन?विषयको अन्तरक्रियामा उनले “सरकारको गलत नीतिले अहिले अर्थतन्त्रमा समस्या निम्त्याएको छ । अर्थतन्त्र समस्यामा रहेको र उद्योगी व्यवसायी पिडित भएको र यो गलतनीतिले कसरी अर्थतन्त्रलाई असर पार्छ भन्ने राम्रो उदाहरण रहेको उनले बताएका छन् ।

सुदुरपश्चिम क्षेत्रमा पर्यटनको अथाह संभावना भएको भन्दै उनले यसमा सहकार्य र सामुहिक भावना मार्फत अगाडि बढ्न सकिने बताएका छन् । उनले पर्यटनको विकासमा सकारात्मक सोच र इच्छाशक्ति चाहिने स्पष्ट पारेका छन् । श्रेष्ठले आफ्नो परिवार सानो व्यवसायबाट अगाडि बढ्दै बिस्तार भएको जानकारी दिँदै उनले आफुले उद्योगी व्यवसायीहरुको समस्या नजिकबाट भोगेको जानकारी दिएका छन् ।

”हामी नवप्रवर्तनमा विश्वास गर्दछौं र सँधै तपाईँहरुबाट नयाँ कुराहरु सिक्न चाहन्छौं,“ उनले भने । उद्योग बाणिज्य महासंघमा धेरै चुनौतीहरु रहेको बताउँदै वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठले संस्थालाई पहुँच युक्त र सक्षमनीजि क्षेत्रको रुपमा अगाडि बढाउने बताए। उनले साना तथा मझौला व्यवसायलाई पनि साथसाथै अगाडि लैजाने बताए ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोबिन्दराज पोखरेलले पछिल्लो दुई दशकमा आर्थिक नीति र गतिविधिहरुलाई ध्यानन दिँदा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् । “पछिल्लो दशकमा हामीले आर्थिक क्षेत्रमा लगानी बोर्ड गठन बाहेक सबै राजनीतिक दस्ताबेजहरु मात्र ल्याएछौं । जसले पनि अर्थतन्त्रमाहामी सचेत छैनौं भन्ने देखिन्छ,” पोखरेलले भने ।

वैदेशिकरेमिट्यान्सले उपभोग अर्थतन्त्र बढाएको र यसमै राजनीतिक नेतृत्व रमेको बताए । रेमिट्यान्स आईरहेको छ । आवाज उठाउने र सचेत गराउने युवाहरु वैदेशिक रोजगारीमागएका छन्। यसले नेताहरुलाई पैसा आईहाल्छ भनेर हाईसन्चो भएको हो,”उनले भने । निजी क्षेत्रले पहिचान चाहेको र त्यसको लागि सरकारले सहजीकरण र सुबिधा दिनुपर्ने सुझाव दिएका उनले बताए ।

कार्यक्रममा सुदुरपश्चिम क्षेत्रमा दशकौं देखि पत्रकारिता गर्दै आएका दिर्घराज उपाध्यायले सुदुरपश्चिम क्षेत्रलाई पर्यटन र कृषिमा केन्द्रित गर्नसके आर्थिक विकास गर्न सकिने बताए । “खप्तड, बडिमालिका, सातभगवती जस्ता पर्यटकिय क्षेत्रको प्रबद्र्धन गर्ने र धान कोदोको उत्पादन वृद्धि र ब्राण्डिङ्ग गर्न सकिएमाप्रदेशको तिब्र विकास गर्न सकिन्छ,”उनले भने ।यसको लागितीनतहकै सरकारले सामुहिक रुपमा प्रदेशको आर्थिक विकास गर्न मिलेर काम गर्नुपर्ने उनको भनाई छ ।

सुदुरपश्चिम क्षेत्रमा पर्यटनको अथाह संभावना भएको भन्दै उनले यसमा सहकार्य र सामुहिक भावना मार्फत अगाडि बढ्न सकिने बताए । उनले पर्यटनको विकासमा सकारात्मक सोच र इच्छाशक्ति चाहिने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्