प्रधानमन्त्रीकी छोरी दाहालले टियू मैदानमा फ्लडलाइट जडान भएको फेसबुकमा भ्रामक पोस्ट



काठमाडौं,चैत १२ । गंगा दाहालले फेसबुकमा भ्रामक पोस्ट गरेको पाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी तथा स्वकीय सचिव दाहालले कीर्तिपुरस्थित क्रिकेट मैदानमा फ्लडलाइट जडान भएको भन्दै एडिटेड फोटो राखेकी हुन् ।

उनले फेसबुकमा लेखेकी छन, ‘सम्माननीय प्रधानमन्त्री प्रचण्डको निर्देशनमा कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान कार्य सम्पन्न ।’ उनको यस्तो पोष्टको समाजिक संञ्जालमा बिरोध भए पछि उक्त पोष्टलाई इडिट गर्दै अहिले उनले, “सम्माननीय प्रधानमंत्री प्रचण्डको निर्देशनमा कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान कार्य सम्पन्न गर्नका लागी राष्ट्रिय खेलकुद परिषदले प्रक्रिया अघि बढाएको छ । द्रुत गतिमा सम्पन्न भए पश्चात् रंगशाला यो आकारमा देखिनेछ ” भनि लेखेकी छन् ।

प्रधानमन्त्री प्रचण्डले केही दिनअघि त्रिवि मैदानमा पुगेर नेपाल र यूएईबीचको खेल हेरेपछि फ्लडलाइट राख्न निर्देशन दिएका थिए । तर उक्त सम्बन्धी कुनै पनि कार्य नभएको क्यानले जनाएको छ । नेपाल खेलकुद परिषदमा फ्लडलाइटको प्रस्ताव गरे पनि कुनै प्रक्रियामा अघि नबढेको क्यानको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्