बानेश्वरमा बालेनविरूद्ध प्रर्दशन



काठमाडौं,चैत १३ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन विरुद्ध प्रर्दशन गरिएको छ ।

संविधान र कानून विपरित सुकुम्बासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर बालेनविरुद्ध सोमबार बिहान काठमाडौंको नयाँ बानेश्वरदेखि माईतीघर मण्डलासम्म र्यालीसहितको विरोध प्रर्दशन गरिएको हो ।

आफूहरुलाई उठिबास लगाउने काममा मेयर बालेन लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रर्दशनलाई निरन्तरता दिनु परेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चानेपालका अध्यक्ष कुमार कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्