नुवाकोट पञ्चकन्याको नाट्यश्वरी जंगलमा भीषण आगलागी

तस्बिर: बिकास आचार्य
नुवाकोट,चैत १३ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को नाट्यश्वरी जंगलमा भीषण आगलागी भएको छ ।
सोमबार साँझदेखि लागेको आगलागीले ठूलो रुप लिदै गएको र सम्पुर्ण बन सखाप हुन सक्ने स्थानीयले बताएका छन् ।
स्थानीय बस्ती आसपासबाट लागेको डढेलोले नाट्यश्वरी जङ्गलका भौतिक तथा प्राकृतिकजन्य बोटबिरुवा डढेर ध्वस्त हुने निश्चित प्रायः भएको लिखु गाउँपालिकाका अगुवा युवा प्रकाश डङोलले बताए ।
युवा डङोलले जिल्ला बन कार्यालय र स्थानीय पैदावरले करोडौंको बजेट सिध्याउन सभा सेमिनार गोष्ठी सञ्चालन गर्ने स्थानीय बन जङ्गलमा आपतकालीन दुर्घटनाबाट जोगाउने उपाय भने अवलम्बन नगर्ने भएकाले करोडौंको काठपात जलेर ध्वस्त हुने गरेको बताए ।