खुकुरी प्रहार गरी हत्या



रामेछाप,चैत १४ । रामेछापको गोकुलगंगा गाउँपालिका-४ बेतालीमा एक जना वृद्धको अज्ञात व्यक्तिले खुकुरी प्रहार गरी हत्या गरेका छन् ।

स्थानीय लिसेखानी टोलमा बस्दै आएका करिब ८२ वर्षीय शमशेर बहादुर थापामगरको सोमबार साँझ ७ बजेको समयमा खुकुरी प्रहार गरी अज्ञात व्यक्तिले हत्या गरेका हुन् । २ जना नातिनीसहित आफ्नै घरमा बसिरहेको अवस्थामा अज्ञात व्यक्तिले थापामगरमाथि खुकुरी प्रहार गरेर भागेका थिए ।

खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि सदरमुकाम मन्थली ल्याउने क्रममा बाटोमै मृत्यु भएको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार खुकुरी प्रहारबाट थापामगरको टाउकोमा गम्भीर चोट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्