सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं,चैत १५ । साताको चौथो कारोबारको दिन सुनको मूल्य प्रतितोला ५ सयले बढेको छ।

बुधबार छापावला सुनकने मूल्य १ लाख ८ हजार ५ सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन (मंगलबार) छापावला सुनको मूल्य १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

साथै , आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ । आज प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्