मकवानपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



काठमाडौं,चैत १५ । मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा बुधबार बिहान मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बागमती–८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फापरबारीबाट हेटौंडातर्फ आउँदै गरेको बा २५ प १९०८ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेका उनलाई ठक्कर दिँदा गम्भीर घाइते भएको र उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्