नुवाकोट शिवपुरीमा ‘केयर फर चिल्ड्रेन’ संस्थाले बाड्यो ३० घरपरिवारलाई ग्यास र चुल्हो

नुवाकोट,चैत १५ । जिल्लाको शिवपुरी गाउँपालिकामा वडा नम्बर ७ सुनखानीमा गैरसरकारी संस्थाव’केयर फर चिल्ड्रेन’ले अति विपन्न ३० घर परिवारलाई ग्यास र चुल्हो वितरण गरेको छ ।
बुधबार एक कार्यक्रमका बीच सो संस्थाका गोकर्ण गुणीले ग्याससहितको चुल्हो सेट वितरण गरेका हुन् । ग्यास वितरण पश्चात् पर्यावरणीय संरक्षणमा समेत टेवा पुग्ने संस्थाले अपेक्षा गरेको छ ।
सो संस्थाले नुवाकोट र गोरखाका विभिन्न १० वटा विद्यालयका विद्यार्थीलाई दिवा खाजा, पोशाक र शैक्षिक सामग्रीमा समेत सहयोग गर्दै आइरहेको छ ।