सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं,चैत १६ । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बिहीबार अपराह्न ४ बजे हरिपूर्वा नगरपालिका–३, धनकौलमा दक्षिणतर्फबाट आइरहेको ना ३४ प ८२८९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जना पुरुषको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ भने मृतकको परिचय खुल्न सकेको छैन ।