गोरखामा मोटरसाईकल दुर्घटना : चालकको मृत्यु



गोरखा,चैत १७ । गए राती भएको मोटरसाईकल दुर्घटनामा परी १ जना युवकको ज्यान गएको छ । भीमसेन थापा गाउँपालिका–१ को निवेलमा भएको दुर्घटनामा परी सप्तरीका लक्ष्मीकान्त चौधरीको घटना स्थलमा नै मृत्यु भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।

मध्य पहाडी लोकमार्ग अन्तरर्गत घ्याम्पेशालबाट निवेल तर्फ जादै गरेको भे. ६ प ७४३ नम्बरको मोटरसाईकल अनियन्त्रित हुदा कृण्ण सवरत गाउँपालिका–२ घर भई हाल सुर्य कन्सटक्र्सनको एक्साभेटल चालक २३ बर्षिय चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

राती ११ बजे भएको उक्त दुर्घटनामा सडकबाट १० मिटर तल रहेको रुखमा मोटरसाईकल अडकीएको र चालक चौधरी अझै केही पर पुगेका थिए । घटना लगत्तै घ्याम्पेशाल र जिल्ला प्रहरी कार्यालय गोरखाबाट गएको प्रहरीले चौधरीलाई खोज्ने क्रममा जंगलको बिचमा मृक्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।

मृत्तक चौधरीको शव आज बिहान मात्र गोरखा अस्पताल ल्याईएको र उनको आफन्त आउनासाथ पोष्टमार्टम गरेर शव आफन्तलाई बुझाउने सूचना अधिकारी लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्