पूर्वराष्ट्रपति तथा धनाढ्य व्यापारी डोनल्ड ट्रम्पमाथि गहिरियो थप संकट, के आत्मसमर्पण गर्लान त ?



काठमाडौं,चैत १८ । अमेरिकाका पूर्वराष्ट्रपति तथा धनाढ्य व्यापारी डोनल्ड ट्रम्पले अदालतमा आत्मसमर्पण गर्ने तयारीमा रहेका छन् ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार एक जना पोर्न स्टारसँगको सम्बन्धका कारण उनी अहिले चरम विवादमा छन् छन् भने उनीमाथि एकएक गरेर थप संकट गहिरिंदै गएको छ । उनले आगामी हप्ता न्यूयोर्कस्थित फौजदारी अदालतमा आत्मसमर्पण गर्ने सम्भावना रहेको बीबीसीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । 

उनीविरुद्ध न्यूयोर्कमा फौजदारी अभियोगहरू अघि सारिएको छ । तर उनीविरूद्धको मुद्दाको विस्तृत विवरण अझै खुलाइएको छैन।  म्यानहटनस्थित सरकारी वकिलको कार्यालयले उनलाई आत्मसमर्पणका लागि सहजीकरण र समन्वय गर्नका लागि उनका वकिललाई सम्पर्क गरिएको बताएका छन्। अमेरिकाको फ्लोरिडामा बस्दै आएका ७६ वर्षीय ट्रम्प अदालतको पहिलो सुनुवाइमा आफैं उपस्थित भएका थिए ।

उनले पोर्न स्टार स्टोर्मी डेनियल्सलाई गोप्य रुपमा रकम दिने गरेको समाचार सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनको केही दिन अगाडि सार्वजनिक भएको थियो । उनले पोर्न स्टारलाई १ लाख ३० हजार डलर दिएको दावी गरिएको छ ।  पोर्नस्टार सम्बन्धि विवादमा भने उनले अहिलेसम्म इन्कारी जवाफ दिंदै आएका छन् । 

यसका साथै राष्ट्रपति चुनावको नतिजा रोक्न उनका समर्थकहरुले क्यापिटल हिलमा हिंसा र तोडफोड गरेको घटनामा उनको संलग्नता रहेको छ । यसपछि यी घटनाहरुमा ट्रम्प दोषी रहेको भन्दै उनीमाथि फौजदारी अभियोग लगाउन मिल्ने सुझाव सरकारलाई बुझाइएको थियो । राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै उनले समर्थकहरूलाई संसद भवन क्यापिटल हल आक्रमणका लागि उक्साएको आरोप छ ।

हुन त यसबाहेक उनले यसअघि नै थप तीन ओटा मुद्दा खेपिसकेका छन् ।उनको कम्पनी ट्रम्प अर्गनाइजेसन विरूद्ध जालसाजीको मुद्दा परेको थियो ।गत डिसेम्बरमा ट्रम्पको कम्पनी दोषी देखिएपछि १ करोड ६० लाख जरीवाना तिर्नुपरेको थियो ।  

त्यस्तै न्याय तथा कानून मन्त्रालयले ट्रम्पमाथी ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब गराएको अभियोग पनि छ ।  त्यसैगरी जासुसी सम्बन्धी कानूनको उल्लंघन गरेको भन्दै उनीमाथि फौजदारी अभियोग पनि चलाइएको छ । 

उनी धनाड्य व्यापारी पनि हुन् । उनी फौजदारी अभियोग लागेका अमेरिकाका पहिलो राष्ट्रपति हुन् ।एजेन्सीहरु

प्रतिक्रिया दिनुहोस्