क्यानडा–अमेरिका सीमामा थप दुई शव फेला, मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो



काठमाडाैं,चैत १८ । क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा-अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेको छ । सोही क्षेत्रमा बिहीबार छवटा शव फेला परेका थिए ।

सेन्ट लरेन्स नदीबाट क्यानडाको अक्वेसास्नेमा फेला परेका आठ मध्ये रोमानियाली र भारतीय मूलका दुई परिवार रहेको बुझिएको छ ।

उनीहरू संयुक्त राज्य अमेरिका प्रवेश गर्नक्रममा रहेका बुझिएको छ । ती मध्ये तीन वर्ष मुनिका दुई बच्चाहरू रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्