भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?



काठमाडौं,चैत १८ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतिय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर पठाएको हो

प्रत्येक महिनाको १ र १५ तारिखमा आउने मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको हो।े नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ६.८२ रुपैयाँ, पेट्रोलको मूल्य प्रतिलिटर १.७४ रुपैयाँ घटेर आएको छ । यससँगै, डिजेलको खरिद लागत प्रतिलिटर १५२.१७ रुपैयाँ र पेट्रोलको खरिद लागत प्रतिलिटर १६८.१२ रुपैयाँ कायम भएको छ ।

हाल बजारमा डिजेलको बिक्री मूल्य प्रतिलिटर १७५ रुपैयाँ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ कायम छ ।

प्रतिक्रिया दिनुहोस्