मिटरब्याजपीडितको समस्या समाधान गर्न उच्चस्तरीय न्यायिक समिति गठन



काठमाडौं,चैत १८ । मिटरब्याजपीडितको समस्या समाधान गर्न सरकारले उच्चस्तरीय न्यायिक समिति गठन गरेको छ ।

मिटरब्याजीले ज्यादति गरेर दुःख दिएको गुनासो गर्दै पीडितले न्याय दिन दबाब बढाएपछि सरकारले न्यायिक अधिकारसहितको उच्चस्तरीय समिति गठन गरेको हो ।

शनिबार बिहान आफूमाथि भएका ज्यादति सुनाउन पुगेका पीडितलाई सम्बोधन गर्दै प्रचण्डले उजुरी लिएर तत्काल कारबाही गर्न सक्ने अधिकारसहितको समिति गठन गरिएको जानकारी दिए ।

प्रधानमन्त्रीका अनुसार, आयोगको नेतृत्व पूर्वन्यायाधीश वा आयुक्तले गर्नेछन् भने नेपाल प्रहरीका महानिरीक्षक र महान्यायाधिवक्ता सदस्य रहनेछन् । सदस्यहरूबारे के गर्ने भन्ने छलफलमा रहेको र यसले आइतबारसम्म पूर्णता पाउने पनि उनले जानकारी दिए । आयोगको संरचना देशैभरका सबै जिल्लामा रहनेछन् ।

खासगरी तराई तथा मधेसका जिल्लामा सुदखोरहरूले गरिबहरूलाई मिटरब्याजको पासोमा पारेर ज्यादति गर्दै आएका छन् । लामो समयदेखि संघर्षरत पीडितहरू न्याय माग्दै केही दिनअघि हिँडेरै काठमाडौं आएर दबाब दिइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्