वरिष्ठ साहित्यकार पाण्डे सम्मानित



नुवाकोट, चैत्र २० । वरिष्ठ साहित्यकार उमेश पाण्डे सम्मानित भएका छन् । सोमबार थानापति दाम चन्द्रमाला मन्दिर व्यवस्थापन तथा पुनर्निर्माण समिति, थानापति नुवाकोटले वरिष्ठ साहित्यकार पाण्डेलाई सम्मान गरेको हो ।

साहित्यकार उमेश पाण्डेले दुई दशकभन्दा अघिदेखि साहित्य,समाजसेवा, साहित्यिक पत्रकारिता क्षेत्रमा निरन्तर योगदान पुर्याएको योगदानको उच्च मूल्याँकन स्वरूप एक समारोहवीच सम्मान गरेको हो ।

सो अवसरमा मन्दिर व्यवस्थापन समितिले नव वर्ष २०८० सालको अवसरमा शुभकामना आदान–प्रदान गर्दै भित्तेपात्रो समेत प्रकाशन गरेको छ ।

गोंगबुँ, काठमाडौंको मेरिगोल्ड पार्टी प्यालेसमा समितिका अध्यक्ष पदम बहादुर थपलियाको सभाध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथिहरू वरिष्ठ साहित्यकार एवं आर्थिक ब्यबस्थापन बिज्ञ डा.दामोदर पुडासैनी किशोर, नेपाल सरकारका सचिव रामप्रसाद थपलिया, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बूढानीलकण्ठ नगरपालिकाका पूर्व मेयर उद्धव प्रसाद खरेल, नारी विद्वत्रत्न प्रा.डा.गार्गी शर्मा र वरिष्ठ साहित्यकार डा.सत्यराज थपलियालगायतले संयुक्त रूपमा भित्तेपात्रो (क्यालेण्डर) लोकार्पण गरेका थिए ।

कार्यक्रमका अन्य अतिथिहरूमा सामुदायिक सेवा केन्द्र, गोंगबुँका अध्यक्ष तथा योग गुरु केदारनाथ पाठक, पूर्व प्रहरी वरिष्ठ उपरीक्षक गुप्तबहादुर श्रेष्ठ, टोखा नगरपालिका वडा नं.८ का वडा अध्यक्ष रमेश खत्री, टोखा नगरपालिका वडा नं.९ का पूर्व वडा अध्यक्ष जे.पी. नेपाल, शिवपुरी गाउँपालिका वडा नं.८ का वडा अध्यक्ष केशव रिजाल, पूर्व प्रहरी नायव उपरीक्षक गोविन्दप्रसाद पाठक, साहित्यकार÷पत्रकार उमेश पाण्डे र मणि लोहनी, टोखा नगरपालिका वडा नं.११ का वडा सदस्य महेश थपलिया, नेपाली काँग्रेस वडा कार्य समिति शिवपुरी–८, थानापति, नुवाकोटका अध्यक्ष रामकृष्ण डंगोल, समितिका सचिव नरेन्द्रनाथ थपलिया, कोषाध्यक्ष पुण्य बहादुर थपलिया, सामुदायिक सेवा केन्द्र, गोंगबुँका पूर्व अध्यक्ष राकेश सिंहलगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि सचिव रामप्रसाद थपलियाले काम गर्दा हुने सामान्य गल्ती ठुलो देख्ने र गरेका राम्रा कामहरूलाई स्वीकार गर्न नसक्ने प्रवृत्ति समाजमा हुर्कंदै गएकोमा चिन्ता व्यक्त गर्दै मानवचोला हाँसीखुसी र मेलमिलापको लागि भएको हो, भने ।

टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले थानापतिसँग आफ्नो जन्म सम्बन्ध नरहेपनि धार्मिक एवं प्राकृतिक सौन्दर्यले भरिपूर्ण काफलडाँडा र थापागाउँको थानापतिसँग रगतको सम्बन्ध रहेकोले त्यस क्षेत्रको विकास र समृद्धिमा आफू निरन्तर लागिपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्