देशभरका २४ नमुना परीक्षण गर्दा सतप्रतिशतमा देखियो कोरोनाको ओमिक्रोन भेरिएन्ट



काठमाडौं,चैत २१ । कोभिङ- १९ मा हुने अणुवांसिक परिवर्तनको पहिचान गर्ने उद्देश्यले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको एउटा अध्ययनले नेपालमा कोरोना संक्रमित सबैमा ओमिक्रोन भेरिएन्ट भेटिएको छ ।

देश भरिबाट random sampling विधिबाट चैत्र महीनामा संकलित २४ ओटा PCR तथा Antigen पोजेटिभ नमुनाहरूको पछिल्लो पटकको परीक्षण नतिजा अनुसार २४ ओटै नमुनाहरुमा (१००% ) Omicron भेरिएन्ट (Omicron BA.1.1 २ ओटा नमुनामा, Omicron BA.2 -२ ओटा नमुनामा, micron 2.76, -१ ओटा नमुनामा, Omicron BA.5, २ ओटा नमुनामा, Omicron BA.5.2-Omicron XBB. 1.5, ३ ओटा नमुनामा, २ ओटा नमुनामा, Omicron XBB. 1. 16, १० ओटा नमुनामा, Omicron XBB.2.6-१ ओटा नमुनामा) पुष्टी भएको छ ।

,Omicron XBF विगत केहि दिनदेखि छिमेकि मुलुकमा कोभिड १९ को नयाँ भेरीएन्ट Omicron XBB.1.16 को संक्रमण फैलिएकोले सिमानाकाबाट आवतजावत गर्ने शंकास्पद लक्षण भएका यात्रुहरूको सिमानाकाका हेल्थ डेस्कमा रहेका स्वास्थ्यकर्मीहरुबाट कोभिड – १९ परीक्षण गरी नतिजा पोजेटिभ भएमा आवश्यक परामर्श सेवाका साथै थप उपचार गर्नुपरेमा नजिकको अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको  छ।

नेपालमा मौसमी रुघाखोकीका साथै कोभिङ- १९ को संक्रमण पनि बृद्दी हुँदै गएकोले रोकथाम एवं नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका बढाउन संवेदनशील भइ जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन र सम्भावित जोखिमबाट बच्न बचाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्