भारतबाट फर्केका १८ जनामा कोरोना संक्रमण पुष्टि



बैतडी,चैत २१ । सुदूरपश्चिम प्रदेशमा दिन प्रति दिन कोरोना संक्रमण दर बढ्दै गएको छ । मंगलबार ६ सय ९४ जनाको परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमितमध्ये दश जनामा एन्टीजेन र आठ जनामा आरटी पीसीआर विधिमार्फत गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित सबै भारतबाट फर्किएकाहरु रहेकाे सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । उनीहरुलाई होम आइसोलेसनमा बस्न भनेर घर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्