अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ



एजेन्सी,चैत २२ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् ।

उनी माथि आपराधिक गतिविधि गरेको लगायतका विभिन्न ३४ वटा आरोप लागेका छन् । ती आरोपहरुको आदालतमा सुनुवाई भइरहेको छ ।

अमेरिकी इतिहासमै राष्ट्रपति भइसकेको व्यक्ति पक्राउ परेको यो पहिलो घटना हो । ट्रम्पसँग गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई तथ्यहरु सार्वजनिक नगर्न भन्दै रकम दिएको, गैरकानुनी तरिकाले सम्पति जम्मा गरेको तथा राष्ट्रपति हुँदा ह्वाइट हाउसबाट महत्वपूर्ण कागजात गायब पारेको लगायतका आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्