दुई दिन बिदा पुनरवलोकनबारे तत्काल कुनै गृहकार्य छैन : मन्त्री गौतम



काठमाडौँ,साउन २९ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सरकारले साताको दुई दिन बिदा दिने निर्णय पुनरवलोकन गर्ने विषयमा तत्काल कुनै गृहकार्य नभएको स्पष्ट पार्नुभएको छ ।

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट जवाफ दिँदै उहाँले दुई दिन बिदाका कारण विद्यार्थीको विद्यालय समय र पाठ्यक्रम पूरा गर्न समस्या हुने तथा सरकारी सेवामा मितव्ययिता कायम गर्नुपर्ने विषयमा ध्यानाकर्षण भए पनि निर्णय पुनरवलोकनबारे गृहकार्य नभएको बताउनुभयो ।

मन्त्री गौतमले विद्यार्थीको सिकाइ विद्यालयमा मात्र सीमित नहुने भन्दै बिदाको समयमा समाजसँग घुलमिल हुँदा पनि सिर्जनशीलता र वृत्तिविकासमा सहयोग पुग्ने धारणा राख्नुभयो ।

यस्तै, उहाँले दलित समुदायको हकअधिकारसम्बन्धी विधेयकको मस्यौदा तयार भइरहेको जानकारी दिँदै संवैधानिक, नीतिगत तथा कानुनी व्यवस्थासहित सुधारका कार्यक्रम अघि बढाइएको बताउनुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक भदौ १ गते सोमबार बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्