अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको प्रधानमन्त्री दाहालको दाबी
काठमाडौं,चैत २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल (Pushpa Kamal Dahal) ले मुलुकको अर्थतन्त्र (Economy) सुधारोन्मुख अवस्थामा रहेको दाबी गरेका छन् । सोमबार नेपाल चेम्बर अफ कमर्श (Nepal Chamber of Commerce) को ७२ औं वार्षिक साधारण सभा (Annual General Meeting) लाई सम्बोधन गर्दै उहाँले आफ्नो नेतृत्वमा सरकार बनिसकेपछि अर्थतन्त्र सुधारको लागि थुप्रै कार्यहरू भएको बताए ।
‘अर्थतन्त्रमा संकट छ, संकट छ भनिराखेको सुन्छु । तर, वास्तविक्ता त्यस्तो होइन । विदेशी मुद्रा सञ्चिति लगायतका सुचकांकहरूमा सुधार आएको छ,’ उनले भने ।
प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा केही समस्या रहेको स्वीकार्दै थपे, ‘अर्थतन्त्रका चुनौतीहरूलाई समाधान गर्न म तयार छु । सरकारले समस्याहरूलाई गम्भीर रूपमा लिएको छ । निजीक्षेत्र (Private Sector) सँग सहकार्य गरेर अगाडि बढ्ने मनस्थितिमा सरकार छ ।’
आगामी बजेट (Budget) लाई पनि विगतभन्दा आधुनिक, भिन्न र गुणात्मक बनाउन सरकार क्रियाशील रहेको उनले बताए । प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक उन्नति (Economic Growth), विकास (Development) र रोजगारी (Employment) सिर्जना नभएसम्म अन्य उपलब्धिहरू पनि दिगो रहन नसक्नेमा जोड दिए ।

