‘मलाई कसैले पैसामा किन्न सक्दैन’ – लामिछाने
काठमाडौं, चैत २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई कसैले पैसाले प्रभावित पार्न नसक्ने बताएका छन् ।
चुनावी सभालाई सम्बोधन गर्दै उनले पैसाले बहुमूल्य चिज किन्न पाइएपनि आफूलाई किन्न नसक्ने बताएका हुन् ।
पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले दुई करोड मागेको अडियो काण्डका बारेमा बोल्दै उनले भने– ‘सँगै हिँडेका सहयात्रीले मन्त्री बनाइदिन भनेर कसलाई पैसा मागे रे । दुई तीन करोडको डिल गरेका छन् रे । त्यस्ता दुईतीन करोडलाई लात्ताले कुल्चिएर, फाँकेर हिडेको मान्छे हुँ । शिरमा कफन बाँधेर हिँडेको मान्छे हुँ । कसैले प्रभावित पार्न नखोजे हुन्छ । संसारमा पैसाले बहुमूल्य वस्तुहरु किन्न पाइन्छ होला । रवि लामिछानेलाई पैसाले किन्न पाइँदैन ।’

