दक्षिण कोरिया बस दुर्घटनामा ३५ जना घाइते



एजेन्सी,चैत ३० । दक्षिण कोरियाको राजधानी सियोलबाट करिब १५० किलोमिटर दक्षिणपूर्वमा पर्ने चुङ्जुमा बिहीबार एक पर्यटक बस पल्टिँदा ३५ जना घाइते भएका समाचार संस्था योनहापले जनाएको छ ।

विदेशी यात्रु बोकेको बस स्थानीय समयअनुसार साँझ ६ः०५ बजे चुङ्जुमा दुर्घटना भएको थियो ।

तीमध्ये ११ जना गम्भीर घाइते भएका छन् भने २४ जना सामान्य घाइते भएका छन् ।

घाइते हुनेमा एक चालक र एक पर्यटक पथपर्दशकबाहेक ३३ जना विदेशी पर्यटक रहेका छन् । सबै घाइते कुन देशका हुन् भन्नेबारे अझै पत्रा लागि नसकेको प्रहरीले बताएको छ । प्रहरीले दुर्घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्