भारि मतान्तरसहित रवि लामिछाने बिजयी, पहिलाको भन्दा कति मत बढी ?



काठमाडौं,बैशाख १२ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बिजयी भएका छन् । उनले नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठलाई भारी मतले पराजित गर्दै विजयी भएका हुन् ।

लामिछानेले ५४ हजार १४७ मत पाउदैं विजयी भए भने कांग्रेसका उम्मेदवार श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गरेका हुन । तेस्रो स्थानमा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत प्राप्त गरेको हुन ।

लामिछाने श्रेष्ठ भन्दा ४२ हजार ९३३ मत बढी ल्याएका हुन् । उनले यसअघि गत मंसिर ४ गते ४९ हजार ३०० मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्