जेठ ५ गते सरकारको नीति तथा कार्यक्रम आउने



काठमाडौं,जेठ २ । जेठ ५ गते सरकारको नीति तथा कार्यक्रम आउने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेलाई सो दिन नीति तथा कार्यक्रम ल्याउने गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरे आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसद् बैठक, सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको थियो । संसद् सञ्चालनका लागि सभामुख घिमिरेले सबै दलसँग समन्वय र सहकार्यको प्रयास गरेकोमा प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्