कांग्रेसका असन्तुष्ट पक्षले सातै प्रदेशमा अलग्गै बैठक गर्ने



काठमाडौं, जेठ ३ । नेपाली कांग्रेसका संस्थापन इतर असन्तुष्ट समूहले देशैभरी अलग्गै भेला गर्ने भएका छन् । संस्थापन पक्षको गतिबिधि प्रति असन्तुष्ट जनाउँदै उनीहरुले ‘रुपान्तरण अभियान’ अन्तर्गत देशैभरी अलग भेला गर्ने भएका हुन ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मधु आचार्य, गुरुराज घिमिरे, रञ्जित कर्ण लयायतका नेताहरुले सो अलग्गै अभियानको घोषणा गरेका हुन । जसअनुसार जनकपुरवाट सुरु प्रदेश स्तरीय बैठक र भेला २९ जेठमा इटहरीमा पुगेर सकिने छ । घोषित कार्यक्रम अनुसार जेठ ११ गते जनकपुरमा मधेस प्रदेशको भेला हुनेछ भने बाग्मती प्रदेशको भेला जेठ १६ गते काठमाडौंमा हुनेछ ।

यसैगरी, गण्डकी प्रदेशको २० गते पोखरामा, लुम्बिनी प्रदेशको जेठ २२ गते दाङमा, कर्णाली प्रदेशका २४ गते सुर्खेतमा, सुदुरपश्चिम प्रदेशको भेला जेठ २६ गते धनगढीमा र कोशी प्रदेशको भेला २९ गते जेठमा हुनेछ । कांग्रेसलाई रुपान्तरण गर्नका लागि सो भेला आयोजना गरिन लागेको आयोजकहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्