एकै दिनमा सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं,जेठ ३ । एकै दिनमा सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको छ । साताको चौथो कारोबारको दिन छापावला सुनको मूल्य १ लाख १० हजार रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन (मंगलबार) छापावला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबाार भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । आज प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १ हजार ३ सय ७५ रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्