शिक्षा नीतिमा गुणात्मक सुधार गर्ने सरकारको धारणा छ : प्रधानमन्त्री



काठमाडौं,जेठ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी विद्यालयलाई गुणस्तरीय बनाउन शिक्षा नितिमा गुणात्मक सुधार गरिने बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य ईश्वरी देवी न्यौपानेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले सरकारी तथा सार्वजनिक शिक्षालाई सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको बताए ।

प्रधानमन्त्रीले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे । उनले गुणस्तरीय र रोजगारमुलक शिक्षा प्रदान गर्न शिक्षा नितिमा गुणात्मक सुधार गर्ने सरकारको धारणा रहेको बताए ।

‘‘सरकारी एवम् सार्वजनिक शिक्षा सुधारलाई वर्तमान सरकारले उच्च प्राथमिकतामा राखेको छ । सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिवद्ध रहेको जानकारी गराउन चाहान्छु । सबै सरकारी विद्यालयमा गुणस्तरीय र रोजगारमुलक शिक्षा प्रदान गरी स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्न हालको शिक्षा नीतिमा केही गुणात्मक सुधार गर्ने सरकारको धारणा रहेको छ ।,’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘साथै विद्यालयहरुको संरचनागत र भौतिक सुधारमा जोड दिइएको छ । शिक्षकको क्षमता विकासका कार्यक्रमहरु सञ्चालनमा रहेका छन् ।’’

प्रतिक्रिया दिनुहोस्