टोखा-छहरे सुरुङ्ग मार्गको सर्वे गर्दै चाइनिज प्राविधिक टोली झोरमा

काठमाडौं,जेठ ६ । टोखा-छहरे सुरुङ्ग मार्गको सर्वे गर्दै चाइनिज प्राविधिक टोली झोरमा आएका छन् । बहुचर्चित टोखा- छहरे सुरुङ्ग मार्गको मुल विन्दु टोखा १ झोरमा सो टोलीले सर्वे गरिरहेका हुन् ।
सर्वेका क्रममा झोरदेखी नुवाकोटको बोहोरे खोला निस्कने सुरुङ्ग मार्गको काम केही समयमै सुरु हुने बताएका छन् ।यद्यपि नेपाल सरकारको तदारुकता भने हुन आवश्यक एक प्राविधिकले बताए ।
नुवाकोटको शिवपुरी गाउँपालिका,बोरे खोलाबाट सुरु भै टोखा-१ झोरमा निस्किने सो सुरुङ्ग मार्ग ४ किलोमीटर हुनेछ ।
उता सरकारले टोखाबाट नुवाकोटको छहरेसम्म बन्ने सुरुङमार्गको लागि पछिल्लो समय अर्थ जोहो गर्दै आइरहेको थियोे ।