रााष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोट शिवपु्रीको सभापतिमा गोतामे



नुवाकोट,जेठ ६ । रााष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोट शिवपुरी गाउँपालिकाको अध्यक्षमा नरेन्द्र गोतामे चयन भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तारलाई तिव्रता दिएसंगै शनिबार वसेको भेलाले शिवपुरी गाउँपालिकामा ११ सदस्यीय तर्दथ समिति गठन गरिएको छ ।

यस्तै उप–सभापतिमा गिता कडेँल चयन भएकी छिन् भने सचिवमा नवराज थापा र कोषाध्यक्षमा नमराज केसी चयन भएका छन् । सदस्यहरुमा चिरन्जीवि केसी, शुशिल आचार्य, सुर्वण थापा, बद्री थापा, दिपक घिमिरे, रामराजा भेटुवाल र राजन थपलिया रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्