कोरोना अपडेट: थप चार जनामा संक्रमण पुष्टि, १२ निको



काठमाडौं,जेठ ७ । देशभर पछिल्लो २४ घण्टामा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६८ वटा स्वाब नमुनाको परीक्षण गर्दा चार जनामा संक्रमण देखिएको हो।

यो अवधिमा देशभर १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७० छ ।

अहिले तीन कोरोना संक्रमित अस्पतालमा उपचाररत छन् । तीमध्ये एक आईसीयू र एक जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्