मन्त्रिपरिषद् विस्तार : वीरेन्द्रप्रसाद महतोलाई वन मन्त्रालयको जिम्मेवारी



काठमाडौं,जेठ ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका हुन । 

त्यसैगरी राष्ट्रपति पौडेलले जसपाकै नेतृ प्रमिला कुमारीलाई शिक्षा‚ विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त गरेका छन् । 

संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले  मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्