कोरोना अपडेट-थप १० जनामा संक्रमण पुष्टि



काठमाडौं,जेठ ११। नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरबाट ५८० नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५९ र एन्टिजेनबाट ५२१ नमुना परीक्षण गर्दा पीसीआरबाट ३ र एन्टिजेनबाट ७ को रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा १५ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ४१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्