राष्ट्रिय स्वतन्त्र पार्टी टोखा झोरको सभापतिमा हरिकृष्ण अधिकारी



काठमाडौं,जेठ १३ । राष्ट्रिय स्वतन्त्र पार्टी,टोखा झोरको सभापतिमा हरिकृष्ण अधिकारी निर्वाचित भएका छन् ।

शनिबार भएको टोखा नगरपालिका वडा नम्बर १ झोरको प्रथम वडा भेलाले अधिकारीलाई निर्विरोध सभापतिमा चयन गरेको हो ।

त्यस्तै भेलाले ११ सदस्यीय वडा समितिको पदाधिकारी समेत चयन गरेको छ। त्यस्तै समितिको उपसभापतिमा दुर्गा काफ्ले, सचिवमा ज्ञानबहादुर तुलाधर, सदस्यमा प्रकाश अधिकारी,पबिन अधिकारी, श्रीराम अधिकारी, दिपक श्रेष्ठ,रबिन्द्र बिडारी, अप्सरा धिताल, अनुप लामिछाने,सीता दुलाल रहेको वाग्मती प्रदेशका सचिब सुमनकुमार धितालले बताए ।

प्रतिक्रिया दिनुहोस्