नुवाकोटको थानापतिबाट ‘रेड लेडी’ जातको मेवाको बिरुवा धमाधम बिक्रीमा



नुवाकोट,जेठ १३ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिबाट ‘रेड लेडी’ जातकाे मेवाको बिरुवा  धमाधम बिक्री गरिएको छ ।

थानापतिमा रहेको नमूना व्यवसायिक कृषि उद्योगबाट सो उन्नत जातको मेवाको बिरुवा बिक्री थालिएको सो उद्योगका सञ्चालक रामप्रसाद पुडासैनीले बताए ।

आँप,लिची झै यस  रेड लेडी जातकाे गुलियाे लामाे आकारकाे मेवा प्रतिबाेट १०० केजी सम्म एक सिजनमा उत्पादन हुने पपुलर मेवा रहेको नमूना कृषक पुडासैनीले बताए । जिल्लाको धेरै जसो क्षेत्रका हावापानी उपयुक्त भएकाले मेवाबाट मनग्ये आम्दानी लिन सकिने देखिन्छ । उन्नत जातको मेवाको प्रति बिरुवालाई सय रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्