भारतीय प्रधानमन्त्री मोदी भने, ‘नेपालसँग रहेको सीमा विवाद समाधान हुन्छ’



काठमाडौं,जेठ १८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालसँग रहेको सीमा विवाद समाधान हुने बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि हैदरवाद हाउसमा पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् ।

‘हाम्रो सम्बन्धलाई हिमालय जस्तै उचाई दिने काम गर्नेछौँ । यही भावनाका साथ सीमाको विषयमा होस् वा अरु केही सबै समाधान हुनेछ,’ मोदीले संयुक्त पत्रकार सम्मेलनमा भने ।

उनले सीमा समाधान हुने भने पनि कसरी र कहिले हुने भन्ने बारे केहि खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्