लगानीकर्ताको छाता संगठन निर्माण गर्न वार्ता समिति गठन 



काठमाडौं,जेठ २३ । लगानीकर्ताहरुको सोमबार काठमाडौमा भएको भेलाले लगानीकर्ता छाता संगठन निर्माण गर्न वार्ता टोली गठन गरेको छ । नवगठित टोलिले हाल दर्ता रहे, नरहेका संघहरुका अध्यक्ष तथा पदाधिकारीहरुसँग छलफल र वार्ता  गर्नेछ ।

लगानीकर्ता रोहन कार्कीको संयोजकत्वमा गठित समितिका सदस्यहरुमा सुुवासचन्द्र भट्टराई, केशव कोइराला, नयन बास्तोला, नानीबाबु खरेल र एसपी चौलगाँइ रहेका छन् । 

उनिहरूले तत्काल वार्ता आरम्भ गरी महासंघ निर्माणका लागि सबै संघका अध्यक्षहरुलाई सहमति गराएपछि अर्को भेलाबाट महासंघको नाम र कार्य समिति घोषणा गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्