नेपाल भूराजनीतिक भुमरिमा फस्दै गएको शेखर काईरालाको भनाइ



काठमाडौं,असार १ । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले कांग्रेसले आफ्नो औचित्य पुष्टि गर्न नसके नाम मात्रैमा सिमित बन्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले कांग्रेस व्यवहारवादी बन्दै चुक्दै गएको बताए ।

कोईरालाले कांग्रेसले सिद्धान्तहरुलाई छोड्दै जानु चिन्तको विषय भएको बताए । उनले कसैले पनि लोकरिजाँईको राजनीति गरेर चर्चा कमाउनुको कुनै अर्थ नरहने बताए । नेता कोईरालाले कांग्रेस विगतको गौरवमय चरित्रमा अल्मलिन थालेको महशुस आफूले गरेको पनि बताए ।

नेता कोईरालाले अहिले कुनैपनि संवैधानिक संस्थाहरुमा सवल बन्न नसकेको जिकिर गर्दै संसदको समेत अवस्था चिन्ताजनक रहेको उल्लेख गरे । उनले संसदमा प्रधानमन्त्री बोलेपछि संसद रोकिनु, प्रधानमन्त्री बोले लगत्तै प्रमुख प्रतिपक्षी दलको नेता बोल्नु संसदीय मर्यादा विपरित भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्