माधव नेपालप्रति झलनाथ खनालको कटाक्ष : दुई जना मन्त्री बनाएर पार्टी बन्दैन



काठमाडौं,असार ८ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीबाट दुई जना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष माधवकुमारप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । उनले पार्टी बनाउनका लागि श्रमीक जनतासँग एकतावद्ध र गोलवद्ध गर्न जरुरी रहेको बताए ।

नेता खनालले वैचारिक, सैद्धान्तिक दिशाहरुलाई पारदर्शी बनाउँदै समाजको ठोस वर्ग विश्लेषण गर्दै अन्तरबिरोधको सही पहिचान गर्दै प्रधान शत्रुको सही पहिचान गर्दै हामीले जनतालाई दलाल पुँजीवादका विरुद्ध गोलबन्द गराउनुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्