नेपाल तरुण दल केन्द्रिय कार्यसमितिमा नुवाकोटका सन्जिव गुरुङसहित १० जना युवा चयन



नुवाकोट,असार १४ । नेपाल तरुण दल केन्द्रिय कार्यसमितिमा नुवाकोटका सन्जिव गुरुङसहित १० जना युवा समेटिएका छन् ।

गुरुङ पछिल्लो समय नेपाली काङ्ग्रेसले परिस्कृत र जनताको पक्षमा राजनीति गर्नुपर्छ भन्ने दृष्टान्त दिदै आएका युवा समेत हुन् ।

बुधबार काठमाडौमा सम्पन्न तरुण दलको भेलाले ती युवाहरूलाई समेटेको जनाएको हो । विगत केहि वर्ष यता तरुण दलको नयाँ कार्यसमिति बन्न सकेको थिएन ।

नयाँ केन्द्रिय समितिमा नुवाकोटका सन्जिव गुरुङ, निरन्जन थापा, बलदेव थापा, राजु कडेल, सुमन गिरी, जयराम दाहाल, आतन तामाङ, लावस राई, प्रदीप थापा, कुमार गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्