रााष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वरको सभापतिमा अर्याल
नुवाकोट,असार १६ । रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तारकेश्वर गाउँपालिकाको सभापतिमा ईश्वर अर्याल चयन भएका छन् ।
शनिवार भएको प्रथम गाउँपालिकाको भेलाले अर्यालको नेतृत्वमा १० सदस्यीय तदर्थ कार्यसमिति चयन गरेको हो । भेलाले उप–सभापतिमा पुरुषोत्तम अधिकारीलाई चयन गरेको छ ।
यस्तै कोषाध्यक्षमा जानुका सापकोटा र सचिवमा शंकरमान श्रेष्ठ चयन भएका छन् । त्यस्तै भेलाले आशिष लोप्चन तामाङ, नवराज ढकाल, तारादेवि श्रेष्ठ, हरिप्रसाल पण्डित, राधा तामाङ र सुकलाल श्रेष्ठलाई सदस्यमा चयन गरेको छ ।
शनिबार नै किस्पाङको भेला समेत सम्पन्न भएको छ । काहुलेमा आयोजित प्रथम भेलाले शिवप्रसाद भट्टको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको हो । भेलाले उप–सचापतिमा सोमेश तामाङ, सचिवमा श्रद्धा ढुङ्गाना र कोषाध्यक्षमा कृष्णप्रसाद भट्टराईलाई चयन गरेको छ ।

