बागलुङ समाज जापानको प्रवक्तामा रामु खत्री



काठमाडौं,असार १७ । बागलुङ समाज जापानको प्रवक्तामा राजु खत्री मनोनित भएका छन् । समाजको पछिल्लो कार्यसमिति विशेष बैठकले खत्रीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

समाज स्थापनाकालदेखि हालसम्म खत्रीले गरेको भुमिकालाई मध्येनर गर्दै प्रवक्ताको जिम्मेवारी दिएको समाजका महासचिव सचिन आचार्यले बताए । खत्री निलुवा समाज जापनको वरिष्ठ उपाध्यक्ष समेत रहेका छन् ।

समाजको गतिविधिलाई वृहत रुपमा संचालन गर्न खत्रीको भुमिका महत्वपूर्ण रहने समाजको विश्वास छ । खत्री समाज सेवामा पनि सक्रिय रहेका छन् । उनी लोक तथा दोहोरी गायक पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्