ललिता निवास प्रकरणमा दोषी मेरो पार्टी अध्यक्ष भए पनि कारबाही हुनुपर्छः प्रेम आले



काठमाडौं,असार २२ । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले ललिता निवास प्रकरणमा दोषी जो भए पनि कारबाही गर्नु पर्ने बताएका छन् । काठमाडौंमा आयोजित ‘दृष्यमा खप्तड’ कार्यक्रमबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् ।

ललिता निवास प्रकरणमा दोषी आफ्नो पार्टी अध्यक्षसमेत रहेका माधव नेपाल भए पनि कारबाही गर्नु पर्ने बताएका हुन् । भ्रष्टाचारको फाइल खोलेर एक एकलाई कारबाहि गर्नु पर्ने बताए ।

सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘भ्रष्टाचारको फाइल खोल्नुपर्छ। अपराधीलाई जाक्नुपर्छ । माधन नेपाल मात्रै होइन । एमालेको विष्णु पौडेलको नाम उठेको छ । जोसकुै होस् कारबाही गर्नुपर्छ । दोषी देखिएर कारवाही गरे हामी मुर्दावाद भन्दै सडकमा आउँदैनौं ।’

प्रतिक्रिया दिनुहोस्