चर्चा मन्त्री हेरफेरको, कोको हट्दैछन् त ?



काठमाडौं,असार २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय मन्त्री हेरफेर गर्ने तयारीमा जुटेका छन् ।

जनमत पार्टीलाई सरकारमा ल्याउन उनले मन्त्री हेरफेर गर्न लागेका हुन् । जनमत पार्टीलाई एउटा मन्त्रालय दिने तयारी छ । उसले विकासे मन्त्रालय माग गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डले पनि जनमत पार्टीलाई सरकारमा सहभागी गराउने प्रतिवद्धता जनाइसकेका छन् ।

तर, कसलाई हटाएर जनमतलाई सरकारमा सामेल गराउने भन्ने अप्ठ्यारो भएपछि आफ्नो पार्टीले पाएको मन्त्रालय हेरफेर गरेर केहीलाई राख्ने, केहीलाई हटाउने सोचमा उनी पुगेको स्रोतको भनाइ छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबाहेक अन्य मन्त्रीको कार्य सन्तोषजनक नभएको गुनासो आइरहेको बेला केही मन्त्रीलाई हटाएर नयाँलाई जिम्मेवारी दिनेगरी छलफल भइरहेको स्रोतको दाबी छ । उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा पनि सरकारमा जाने चर्चा छ ।

त्यसमध्ये उपमहासचिव पुनलाई सरकारमा ल्याउने मनस्थितिमा प्रधानमन्त्री प्रचण्ड पनि रहेको बताइन्छ । यसअघि पनि प्रधानमन्त्री प्रचण्डले वर्षमानलाई सरकारमा ल्याउन चाहेका थिए ।

प्रतिक्रिया दिनुहोस्